वडाबासीको समस्याको समाधान वडाबाटै गर्छाैं: गठबन्धन

कास्की | बैशाख २४, २०७९

वडाबासीको समस्याको समाधान वडाबाटै गर्छाैं:  गठबन्धन

पोखरा:  सत्ता गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहज बनाउनको लागि अधिकांश सेवा वडाबाटै हुने व्यवस्था मिलाउने बताए ।

स्थानीय निर्वाचन नजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले मतदातासँग वडा विकासमा लागि पर्ने बताए । ‘साना–साना समस्याको लागि महानगर जानुपर्दैन् । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्था मिलाउनेछौं,’ उनले भने, ‘वडावासीलाई सहजहोस भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्न बनाउनेछौं ।’ उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए । पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमोल गराई ५ वटा सेटलाइट टाउन्स निर्माण गरिने आचार्यले घोषणा गरेका छन् । 
 

 

उपमेयरकी साझा उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षभित्र महानगरीय खानेपानी प्रणालीलाई बहुसरोकारवाला परियोजना मार्फत व्यवस्थित गरिने बताइन् । चुनावी आमसभामा पोखराका विभिन्न ठाउँमा पुगेकी रानाभाटले सहरको नजिक भएका ठाउँहरुमा पनि खानेपानीको समस्या देखिन । ‘आधा दिन खानेपानीको लाइनमा जाने गरेको मतदाताले गुनासो गर्नुभयोे,’ उनले भनिन्, ‘खानेपानीलाई जतिसक्दो घरघरमा पु¥याउनेछौं भनेर प्रतिबद्धता गरेका छौं । एक घर एक धाराको अवधारणा सहित पानी पुर्‍याउनेछौं  ।’

 

गठबन्धनले पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण ठानिएको अन्तर्राष्ट्रिय सभा हल निर्माण सम्पन्न गर्ने र सभागृहमा रहेको सिटी हललाई व्यवस्थित गर्ने घोषणा गरेको छ । पोखराको वढ्दो सवारी चापलाई व्यवस्थापन गर्न अटोमेटिक ट्राफिक सिग्नलको अवधारणा अघि सार्ने गठबन्धनको घोषणामा उल्लेख छ । 
 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्